scheduleआइतवार आश्विन ११ गते, २०७७

विश्‍वकप छनोटका खेलहरु पुनः स्थगित

काठमाडौं, २८ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्‍वकप र २०२३ चीनमा हुने एसियन कपको संयुक्त छनोट प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु फेरि स्थगित भएका छन् ।

कोरोना महामारीले गर्दा यसअघि स्थगित भएर अक्टोबर-नोभेम्बरमा गर्ने तयारी भएको छनोटका बाँकी खेलहरु पुनः स्थगित भएका हुन् ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बुधबार एक विज्ञप्ति जारी गर्दै अक्टोबर-नोभेम्बरमा खेलाइने तय भएका खेलहरु स्थगित भएको र अब उक्त खेलहरु २०२१ मा हुने जनाएको छ । यद्यपि मितिका बारेमा भने कुनै जानकारी गराएको छैन ।

फिफा र एएफसीले दुवैको सहमतिमा खेलहरु स्थगित गर्ने निर्णय भएको एएफसीले जनाएको छ । अब कोरोनाको अवस्था हेरेर नयाँ मिति तय गरिने एएफसीले जनाएको छ ।

छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले अब ३ खेल खेल्न बाँकी छ । अक्टोबर र नोभेम्बरमा खेल हुने तय भएका बेला अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल खेलाडीहरुको पीसीआर टेस्ट गर्न समेत सुरु गरेको थियो । उनीहरुको टेस्ट रिपोर्ट भने आउन बाँकी छ ।

टेस्टपश्‍चात् एन्फाले भदौबाट एन्फाले खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी गरिरहेको थियो । तर अब यस वर्ष खेलहरु नहुने भएपछि खेलाडीहरुले अन्तर्राष्‍ट्रिय खेलहरुमा सहभागिता जनाउन कम्तीमा पनि ५ महिना अझै कुर्नुपर्ने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय