scheduleआइतवार आश्विन ११ गते, २०७७

कान्तिपुरका वरिष्‍ठ पत्रकार बानियाँको शव भेटियो

काठमाडौं, २८ साउन । सोमबार दिउँसोदेखि सम्पर्कविहीन रहेका कान्तिपुर राष्‍ट्रिय दैनिकका सहायक सम्पादक एवम् वरिष्‍ठ पत्रकार  बलराम बानियाँको शव फेला परेको छ । बानियाँको शव बुधबार विहान मकवानपुरको सिस्‍नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

सिसिटिभी फुटेजका अनुसार पछिल्लोपटक सोमबार विहान बल्खुचोकमा देखापरेका बानियाँलाई एकजना प्रहरीले देखेपछि उनलाई सोधपुछ गरिएको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका तर पानीको अत्याधिक बहावले गर्दा उद्धार गर्न नसकेको स्थानीयको भनाइलाई उद्धृत गर्दै एसएसपी थापाले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।

खोलामा लडेपछि बगाएर उनको शव मकवानपुर पुर्‍याएको प्रारम्भिक अनुमान भएतापनि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।

तनहुँका स्थायी बासिन्दा बानियाँ पछिल्लो एक दशकदेखि कान्तिपुरमा कार्यरत रहेका छन् । उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय