scheduleआइतवार आश्विन ११ गते, २०७७

गृहद्वारा सिडिओ र सहायक सिडिओको सरुवा

वीरगंज, २८ साउन । पर्साका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय, सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई ललितपुर सरुवा गरिएको छ भने  पर्सामा धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तमाङलाई खटाइएको गृह मन्त्रालयले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण बाहिर गएको भन्दै प्रजिअ र सहायक प्रजिअको सरुवा गरिएको नेकपा निकट नेताहरुले बताएपनि

वीरगंजबासीले  महमारीका बेला पुराना कर्मचारीको ठाउँमा नयाँ  आउँदा समस्या  झनै बढ्ने चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय कोरोना संक्रमितसँगै मृतकको संख्या पनि दिनानुदिन बढिरहेकाले स्थानियमा थप त्रास बढेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय