scheduleमगलवार आश्विन ६ गते, २०७७

प्रणव मुखर्जीकी छोरीले बाबुलाई सम्झँदै गरिन् यस्तो ट्विट

काठमाडाैं, २८ साउन । भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै गएका बेला उनकी  छोरी शर्मिष्ठा मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् एक भावुक सन्देश व्यक्त गरेकी छन् ।

शर्मिष्ठाले ट्विट सन्देशमा भगवानले आफ्नो लागि सही निर्णय गर्ने र अब जे हुन्छ त्यसलाई स्वीकार गर्न आफूलाई शक्ति दिएको बताएकी छन् ।

उनले बुवाको स्वास्थ्य लाभको कामना गर्दै गत वर्ष यही समयमा सर्वोच्च नागरिक सम्मान र भारत रत्न पुरस्कारबाट बुवा सम्मानित हुँदा आफू निकै खुसी भएको स्मरण समेत गरेकी छन् ।

‘यसपालिको अगस्ट १० तारिखमा उहाँ गम्भीर रुपमा बिरामी हुनुभएको  छ । भगवानले आफ्नो बुवाको लागि राम्रो गर्ने र आफूलाई दुःख/सुख स्वीकार गर्न सक्ने शक्ति दिनेछन्,’ उनले ट्विटमा लेखेकी छन् ।

८४ वर्षीय मुखर्जीको मस्तिष्कको शल्यक्रियाका लागि अस्पताल जानेक्रममा शल्यक्रियाअघि परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतका राष्ट्रपति थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय