scheduleमगलवार आश्विन ६ गते, २०७७

पोखराका ५ जनासहित गण्डकी प्रदेशमा बुधबार थपिए ८ जना संक्रमित

पोखरा, २८ साउन । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान र बेलुका दिएको छुट्टाछुट्टै जानकारी अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्कीका ५ जना, नवलपरासी पूर्वका दुई जना र तनहुँका एकजना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १६५६ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं २७ का ३२ र ४४ वर्षीय दुई पुरुष तथा ३१ वर्षीया महिलामा संक्रमण पुष्‍टि भएको छ ।

त्यसैगरी नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २७ र ४१ वर्षीय दुईजना पुरुषमा पनि संक्रमण देखिएको छ भने तनहुँको भिमादका ३९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्‍टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ६ का २३ वर्षीय पुरुष र वडा नं १६ का ५४ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । उनीहरुमध्ये एकजना काठको काम गर्ने व्यक्ति हुन् भने अर्का व्यक्ति लेकसाइडस्थित एक होटलमा कार्यरत स्टाफ हुन् ।

यसैबीच संक्रमित सबैलाई आइसोलेसनमा राखिसकिएको पनि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय