scheduleमगलवार आश्विन ६ गते, २०७७

चितवनका ७ जनामा कोरोना संक्रमण पुष्‍टि

चितवन, २८ साउन । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले बुधबार बेलुका दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुने सबैजना चितवनका छन् ।

अस्पतालका अनुसार चितवनको भरतपुर महानगरपालिका-७ का ३९ वर्षीय पुरुषमा संक्रमण पुष्‍टि भएको छ । उनको रत्‍ननगर अस्पतालबाट स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।

यस्तै चितवनकै राप्ती नगरपालिका वडा नं ६ का २० देखि ३४ वर्ष उमेर समूहका ६ जना पुरुषमा पनि संक्रमण देखिएको छ । उनीहरु सबै क्‍वारेन्टाइनका हुन् ।

प्रयोगशालामा बुधबार बेलुकासम्म परीक्षण गरिएका २०३ स्वाब नमूनाहरुमध्ये ७ वटाको रिपोर्ट पोजेटिभ आउँदा अन्य १९६ नमूनाहरुको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय