scheduleमगलवार आश्विन ६ गते, २०७७

अन्तिम समयमा गरेको दुई गोलको मद्दतले पिएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं, २९ साउन । यूरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति सम्पन्‍न पहिलो क्‍वाटरफाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै पेरिस जीत निकाल्न सफल भएको हो ।

पिएसजीको दुवै गोल ९०औं मिनेटमा र त्यसपछिको इन्ज्युरी समयको तेस्रो मिनेटमा भएको थियो । खेलमा अग्रता लिने क्रममा एट्लान्टाका लागि मारियो पासालिकले २६औं मिनेटमा गोल गरेका थिए । तर अन्तिम समयतिर सम्हालिन नसक्दा एट्लान्टा जीतको नजिक पुगेर पनि सफल हुन सकेन ।

पिएसजीका लागि ९०औं मिनेटमा मार्किन्होसले बराबरी गोल फर्काएका थिए भने त्यसको ३ मिनेटभित्रै एरिक चुपो मोटिङले सनसनीपूर्ण गोल गरेपछि पिएसजीले नाटकीय रुपमा इन्ज्युरी समयमा अग्रता लिएको थियो ।

पिएसजी २५ वर्षपछि च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । पछिल्लोपटक सन् १९९४-९५ को सिजनमा पिएसजी सेमिफाइनलमा पुगेको थियो ।

जीतसँगै अन्तिम चारमा स्थान पक्का गरेको पिएसजीले फाइनल प्रवेशका लागि एट्लेटिको र लेपजिगबीचको विजेतासँग खेल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय