scheduleसोमवार आश्विन १२ गते, २०७७

रोपाईंमा उल्लेख्य प्रगति, पाँच वर्षयताकै प्रगति

काठमाडौं, २९ साउन । सरकारले यो वर्ष पछिल्लो पाँच वर्ष यताकै धेरै क्षेत्रफलमा धान रोपाइँ भएको जनाएको छ । देशभर असारे धानको रोपाइँ सकिएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको बताएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले गत वर्ष कुल क्षेत्रफलको ९७.९३ प्रतिशत भू–भागमा रोपाइँ भएको बताए ।

देशभर रोपाइँयोग्य १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्ये यसवर्ष १३ लाख ४६ हजार ९ सय २० भूभागमा रोपाइँ सकिएको विभागले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय