scheduleआइतवार आश्विन ४ गते, २०७७

बालिका बलात्कार गर्ने नेकपाका वडासचिव जेल चलान

सिन्धुली, २९ साउन । बालिका बलात्कार आरोपमा पक्राउ परेका नेपाली चुलो होटेलका सञ्चालक विदुरप्रसाद देवकोटा पूर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत सिन्धुलीका न्यायाधीश किरण शिवाकोटीको इजलासले देवकोटालाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी बुधबार जेल चलान भएका हुन् ।

देवकोटा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोलन्जोर गाउँ संगठन कमिटी अन्तर्गत वडा नम्बर –७ का कमिटी सचिव समेत रहेका थिए । बालिका बलात्कार आरोपमा पक्राउ भएसँगै उनलाई गाउँपालिका संगठन कमिटिले साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको छ ।

पन्ध्र वर्षीय एक बालिका बस्तुभाउलाई घाँस काट्न/हाल्न जाने क्रममा बाटोछेकी जबरजस्ती बलात्कार गरेको आरोपमा देवकोटालाई साउन ५ गते सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय