scheduleबिहिवार आश्विन ८ गते, २०७७

तोलामा २४०० बढ्यो सुनको भाउ

काठमाडाैं, २९ साउन । बिहिबार सुनचाँदीको भाउ २ हजार ४ सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार   सुन तोलामा ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको  छ ।

यसअघि बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो । चाँदीको भाउ बिहिबार तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

केहि दिन अघि सुनको भाउ  तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय