scheduleशनिवार आश्विन १० गते, २०७७

मकवानपुरमा ३७ जनामा संक्रमण पुष्टि, १० जना प्रहरी

हेटौंडा, २९ साउन । मकवानपुरमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये १० जना प्रहरी र  १८ जना हेटौंडा उपमहानगरपालिकाका रहेको बताइएको छ ।

हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ का ७ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर का १ जना, वडा नम्बर १३ का १ जना गरी १८ जना रहेका छन् ।

यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय