scheduleशनिवार आश्विन १० गते, २०७७

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण

पोखरा, २९ साउन । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बेलुका दिएको जानकारी अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्की, पर्वत, नवलपरासी पूर्व र लमजुङका एकएकजना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १६६० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं २६ का ४९ वर्षीय पुरुषमा संक्रमण पुष्‍टि भएको छ ।

त्यसैगरी नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका वडा नं २ का २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ भने लमजुङको सुन्दरबजारका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्‍टि भएको छ ।

पर्वतको पैयूँ-७ का २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यसैबीच संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज साँझ आएको रिपोर्ट भएकाले यसबारेमा स्वास्थ्य मन्त्रालयले भने भोलिको पत्रकार सम्मेलनमार्फत जानकारी दिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय