scheduleसोमवार आश्विन १२ गते, २०७७

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

विराटनगर, ३० साउन । मोरङको विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउँपालिकाका ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनी गम्भीर अवस्थामा भर्ना भएका थिए र बिहीबार कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमण पुष्‍टि भएपछि आइसोलेसनमा राखेर उपचार भइरहेकोमा बिहीबार राति उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जनाए ।

श्‍वासप्रश्‍वास र निमोनियाको समस्या देखिएका उनमा रगतको पनि कमी रहेको बताइएको छ ।

बिहीबार स्वाब संकलन गरेर बिहीबार नै संक्रमण पुष्‍टि भएका उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान धरान पठाउन खोजिएको भएपनि त्यहाँ बेड खाली नभएका कारण कोशी अस्पतालकै आइसोलेसनमा राखिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय