scheduleसोमवार आश्विन १२ गते, २०७७

तनहुँ र स्याङ्जाका २१ जनामा कोरोना संक्रमण पुष्‍टि

पोखरा, ३० साउन । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विहान दिएको जानकारी अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा तनहुँका २० जना छन् भने स्याङ्जाका एकजना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १६८१ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको भानु नगरपालिका वडा नं १ का २२ देखि ५२ वर्ष उमेर समूहका १४ जना पुरुष र ५ वर्षीय बालिका सहित २८ देखि ५६ वर्ष उमेर समूहका अन्य ५ जना महिला छन् ।

त्यसैगरी स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १ का ३९ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

यसैबीच संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसबारेमा स्वास्थ्य मन्त्रालयले भने अपरान्ह ४ बजेपछिको पत्रकार सम्मेलनमार्फत जानकारी दिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय