scheduleआइतवार कार्तिक ९ गते, २०७७

हिमाली संरक्षण समूहको सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम

काठमाडौं, ३० साउन । हिमाली संरक्षण समूह पोखराले अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा ‘सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम’ सम्पन्न भएको छ । अगष्ट ९ मा सम्पन्न उक्त कार्यक्रममा  बिशेष अतिथि बरिष्ठ साहित्यकार सरुभक्तको उपस्थितिमा सम्पन्न गरिएको हो ।

अमेरिका, क्यानडा, नेपाल तथा पोर्तुगलका विभिन्न कवि तथा साहित्यकारले गीत, कविता तथा मुक्तक बाचन गरेको कार्यक्रमको सञ्चालन हिमलाल श्रेष्ठ र ऋषि बस्ताकोटीले गरेका थिए ।

“सिर्जना र असार” र हिमाली संरक्षण समूहको सहकार्यमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा साहित्यिक कार्यक्रम आयोजना गरिएको बस्ताकोटीले जानकारी दिए । सर्जक तथा साहित्यप्रति अभिरुची राख्ने सबैलाइ सँगै जोड्दै पृथ्वी, मानवता, पर्यावरण, र जैविक विविधताको लागि अदिवासी संस्कृति तथा जीवनप्रणालीको उपदेयता र उनीहरुको मौलिक मान्यताको महत्त्व विषयमा ऐक्यवद्दता झल्काउने रचनाहरु प्रस्तुत गरिएको उनले बताए ।

हिमाली संरक्षण समूहका अध्यक्ष महेश्वर पहारीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरे भने ‘सिर्जना र असार’  अभियानका संयोजक स्ट्रगल राना  र धनप्रसाद तमाङले कार्यक्रमको उद्देश्य र महत्व बारे प्रकाश पारेका थिए ।

 

कार्यक्रममा देश देशाबरबाट सहभागी जनाएका २५ भन्दा बढी कवि तथा साहित्यकारबाट आ-आफ्नो रचना बाचन भएको थियो । भर्चुअल प्रविधि प्रयोग गरी सञ्चालन भएको उक्त कार्यक्रमलाई बरिष्ठ साहित्यकार सरुभक्त, अमेरिकी नागरिक अन्ना स्टर, पदम बिश्वोकर्मा, अभय श्रेष्ठ, भुपिन ब्याकुल, धनप्रसाद तामाङ, स्ट्रगल राना, सरस्वति श्रेष्ठ “सरु”, अल्पबिराम, खोज बहादुर गोले, यदुनन्दन पोखरेली, सजना गोले, इश्वरी भट्ट, अरुण श्रेष्ठ, अनुराग खतिवडा, सुरेन उप्रेती, गोपीकृष्ण काफ्ले, मुक्ती  गौतम, राजेन्द्र अर्याल, सिता अर्याल, अच्युत शर्मा, हरिशरण परियार, बुद्धि मोक्तानलगायत श्रस्टाहरुले रचना वाचन  गरेका थिए ।

संरक्षण कविताका अभियन्ता तथा वरिष्ठ साहित्यकार सरुभक्तले यस्ता कार्यक्रमले वातावरण संरक्षणको क्षेत्रमा बिशेष महत्व राख्ने तथा आदिवासीहरुको हक र अधिकारको उजागर गर्ने हुनाले यस्ता कार्यक्रमहरु अन्तराष्ट्रिय स्तरमा हुनु खुशीको कुरा रहेको बताए ।

 

हिमाली संरक्षण समूह वि.सं.२०५३ देखि हिमाली तथा वरपरको वातावरण, वन विज्ञान तथा साहित्यको क्षेत्रमा अनवरत काम गर्दै आएको नाफारहित गैर सरकारी संस्था हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay