scheduleआइतवार आश्विन ४ गते, २०७७

कोशी अस्पतालमा मृत्यु भएका पुरुषको पहिलो कोरोना रिपोर्ट नेगेटिभ, दोस्रो पोजेटिभ !

विराटनगर, ३० साउन । मोरङको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्‍टि भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको बिहीबार अपरान्ह मृत्यु भएको थियो ।

उच्च ज्वरो र श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि ती पुरुषलाई बिहीबार बिहान कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएका उनलाई अस्पतालले आइसोलेसनमा राखेर उपचार सुरु गरेको थियो ।

स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको तर रिपोर्ट नआउँदै बिहीबार दिउँसो ४ बजे उनको मृत्यु भएको थियो ।

पहिलो रिपोर्ट नेगेटिभ आएको भएपनि रिपोर्ट शंकास्पद लागेपछि पुनः परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

मेसिनको अवस्था र स्वाबको भिन्‍नताका कारण कहिलेकाहीँ पोजेटिभलाई नेगेटिभ देखाउन सक्ने ल्याब प्राविधिकहरुले बताएका छन् ।

उनीहरुका अनुसार सामान्यतया पोजेटिभ आएको केसहरुको दुई पटक पिसीआर परीक्षण गरिन्छ ।

आजै विहान कोशी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाका संक्रमितको पनि मृत्यु भएको थियो ।

यो पनि

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय