scheduleआइतवार आश्विन ४ गते, २०७७

कतारबाट स्वदेश फर्कने नेपालीको विवरण सार्वजनिक

काठमाडाैं, ३० साउन ।  कतारबाट नेपाल फर्किने ९ हजार ३ सय ५ जना नेपालीको सूची सार्वजनिक भएको छ । नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको विवरण अनुसार नेपाल फर्कनका लागि व्यक्तिगत रूपमा ५ हजार ७ सय ५७ जनाले फारम भरेका छन् भने त्यहाँका कम्पनीले ३ हजार ६ सय २ जनाको विवरण दूतावासलाई बुझाएका छन् ।

२६ जुन देखि ११ अगष्ट २०२० सम्म राजदूतावासको अनलाइन फारम भरेका नेपालीको विवरण दूतावासले सार्वजनिक गरेको हो । नामावलीमध्ये प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फिर्ता पठाइने दूतावासले जनाएको छ । यसअघि दूतावासले स्वदेश फर्कनै पर्ने व्यक्तिहरुको पहिलो नामावली १२ जुनमा र दोस्रो नामावली २५ जुनमा प्रकाशित गरेको थियो ।

कोरोना भाइरसको महामारी फैलिएपछि कतारबाट चार्टर उडान मार्फत ५ हजार नेपाली स्वदेश फर्किसकेका छन् भने लकडाउन पश्चात विभिन्न कारणले मृत्यु भएका ४० नेपालीको शवसमेत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय