scheduleआइतवार आश्विन ४ गते, २०७७

नेकपाले गठन गर्‍यो ६ सदस्यीय कार्यदल

काठमाडौँ, ३० साउन  । आन्तरिक विवाद मिलाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच  ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको  छ ।

कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ ।

शुक्रबार बिहान सवा ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता सुरु भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको वार्ताअघि प्रचण्डले महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मासँग बिहान खुमलटारमा छलफल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय