scheduleबिहिवार आश्विन १५ गते, २०७७

यी हुन् जुगल पहिरोमा बेपत्ता भएकाहरु (नामावलीसहित)

काठमाडौं, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। पहिरोमा ३८ घर क्षति भएका छन् भने ९ घाइते भएका छन्।

घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार  बेपत्ता हुनेमा छबीलाल दोङ, सोमरानी दोङ , धनलक्षमी,  सीरमाया दोङ , विवरानी दोङ, साइली दोङ , बिबी लक्ष्मी, सानुकान्छा, साङलामो दोङ, सोनाम दोङ,  हिरा भक्ती, जिते झाक्री, सानुकान्छी दोङ, दिन्दुस दोङ, सुरज दोङ , करेसमाई दोङ रहेका छन् । यस्तै,  च्यामा दोङ, सानु दोङ , कामाई दोङ, छिरीङ दोङ, मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ , प्रिती दोङ, कान्छी दोङ छन् । यसैगरी  सानुकान्छी दोङ , वाङची लामा दोङ , धनमाया तामाङ दोङ, रेनीस दोङ, मेकमाई दोङ, मिलन दोङ, विमला दोङ , माइला पराङ , प्रकाश दोङ , साइली दोङ, आयुस दोङ , सुवास तामाङ , टिकामाई दोङ रहेका छन् ।

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेको बताइएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय