scheduleआइतवार आश्विन ४ गते, २०७७

चितवनमा थपिए ६ जना कोरोना संक्रमित

चितवन, ३० साउन । चितवनको भरतपुर अस्पताल अन्तर्गतको कोभिड-१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । भरतपुर अस्पतालले शुक्रबार बेलुका दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुने सबैजना चितवनका हुन् ।

अस्पतालका अनुसार चितवनको भरतपुर महानगरपालिका वडा नं ७ का २५ देखि ५२ वर्ष उमेर समूहका ५ महिला र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्‍टि भएको छ । उनीहरु सबैको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।

संक्रमितमध्ये एक महिला र एक पुरुष क्यान्सर अस्पताल वरपरका स्थानीय हुन् भने अन्य चारजना अस्पतालमै कार्यरत नर्स र अटेन्डर रहेको बताइएको छ ।

प्रयोगशालामा शुक्रबार दिउँसोसम्म परीक्षण गरिएका १०० वटा स्वाब नमूनाहरुमध्ये ६ वटाको रिपोर्ट पोजेटिभ आउँदा अन्य ९४ नमूनाहरुको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

पछिल्लो समय भरतपुरमा संक्रमणको दर बढेका कारण महानगरपालिका क्षेत्रभित्र शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यो पनि:

चितवनको भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय