scheduleसोमवार आश्विन १२ गते, २०७७

धनुषाका एकजना कोरोना संक्रमितको मृत्यु

जनकपुर, ३० साउन । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दनी गाउँपालिका वडा नं ४ का ५० वर्षीय पुरुष छन् ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार श्‍वासप्रश्‍वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तर, त्यहाँबाट बिहीबार काठमाडौं रिफर गर्दा बाटोमै मृत्यु भएको मन्त्रालयका वरिष्‍ठ प्रशासक विजय झाले जानकारी दिए ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । साथै प्रदेशको आठ वटै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सबैभन्दा बढी पर्सामा १९ जनाको मृत्यु भएको छ भने धनुषामा ७, बारामा ६, सप्तरीमा ३ तथा महोत्तरी, रौतहट र सिराहामा २/२ जना र सर्लाहीमा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय