scheduleआइतवार कार्तिक ९ गते, २०७७

कान्छा महारानी बजारमा

काठमाडौं, ३२ साउन । शीवा शाहद्वारा लिखित अंग्रेजी उपन्यास ‘द अदर क्विन’को नेपाली अनुवाद कान्छा महारानी  बजारमा आएको छ ।

सन् २०१८ मा सांग्रीला बुक्सले प्रकाशन गरेको ‘द अदर क्विन’ उपन्यासलाई सगुना शाहले अनुवाद गरेकी हुन् । उपन्यास अनुवादको अनुभूतिबारे शाह भन्छिन्, कान्छा महारानी आत्मवृतान्त शैलीमा इतिहासको आख्यानीकरण हो  ।’

उनले अगाडि भनिन्, ‘आख्यानकार शीवा शाहले इतिहास र आख्यानको मोहक बर्णन बुन्ने क्रममा अतितको एउटा तिलस्मी कालखण्डमा जमेको समयको धुलो झारिदिएकी छिन् ।’

‘नेपालको इतिहासलाई आफ्नो रङ्गले पोतिदिएका दुई प्रभावशाली महारानीको कथा हो – कान्छा महारानी ।  सत्ता र त्यसका वरिपरी रहेकाहरुको व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाले कसरी सम्पूर्ण रास्ट्रको इतिहास र भविष्य निर्देशित हुन पुग्छ भन्ने कुराको खुलासा मात्र नभई प्रेम र इर्ष्याको ज्वलन्त द्वन्द पनि हो यो आख्यान,’ उनले भनिन् ।

”कान्छा महारानी” नेपालीमा आउने सन्दर्भमा उपन्यासको मूल लेखक शीवा शाह भन्छिन, ‘मैले जन्माएको कथा अन्ततगोत्वा मेरो देशको भाषामा अनुदित भएर त्यहाँका बृहदतर पाठकहरु समक्ष पुग्न पाउने भयो भनेर म निकै हर्षित छु।  मेरो हर्षको अर्को एउटा कारण पनि छ जो व्यक्तिगत रुपमा मेरो लागी ठूलो छ ।’

उनले अगाडि भनिन्, ‘मैले अर्कै भाषामा लेख्ने  हुनाले मैले लेखेको कहिल्यै पढ्न नपाएकी मेरी आमाले अब मलाई पढ्न पाउने छिन् । यो पहिलो उपन्यास हुनेछ मेरो जो मेरी आमाले पढ्नेछिन् ।’

उनका अनुसार  कान्छा महारानी धेरै आयामहरु बोकेको उपन्यास हो ।  यसमा इतिहासले खलपात्र मानेकी एक स्त्रीको बदलाको कथा छ साथै त्यही प्रक्रियामा आ-आफ्ना कुत्सित स्वार्थ लिएर बसेका दरबारियाहरुको मोहरा उनी कसरी बन्न पुगिन् भन्ने कुरा पनि स्पष्ट हुँदै जान्छ ।

उनले अगाडि थपिन्, ‘उपन्यासले पाठकहरुलाई इतिहासको एउटा कालखण्डमा त लिएर जान्छ नै, साथै प्रत्येक मान्छेको हृदय भित्र हुने माया, आक्रोश, व्यथा, बदला र पश्चाताप जस्ता गहिरा भावनाहरुमा पनि डुबाउँछ ।  आशा गर्छु, पाठकहरुले मन पराउनु हुनेछ ।  उपन्यासको अनुवादमा शगुना शाहले गरेको मेहनत यसको भाषामा स्पष्ट देखिन्छ  ।  अंग्रेजीमा मैले लेखेको कथालाई उनले नेपालीमा अनुवाद गर्दा कुनै अन्याय हुन दिएकी छैनन् ।’

उपन्यासले इतिहासको सबैभन्दा महत्वपूर्ण कालखण्डलाई आधार बनाएको छ , जस उपरान्त १०४ बर्षीय राणा शासनको सुरुवात हुन्छ ।  यो त्यो कालाखान्दको कथा हो, जसबेला राजाको काँतर प्रवृतिका कारण राज्यको सार्वभौमसत्ता महारानीहरुको अधिनमा भएको थियो र त्यसको फाइदा भारदारहरुले उठाएका थिए र इतिहासमा जंगबहादुरको उदय भएको थियो ।

कान्छा महारानी पढेपछि लेखक विप्लव प्रतिक लेख्छन्, ‘.. यो उपन्यास पढिसकेपछि पाठकलाई यो किताब कतै नेपालीमा नै लेखिएर अंग्रेजीमा अनुवाद भएको त होइन भन्ने लाग्न सक्छ । म यसलाई सगुना शाहको अनुवाद शिल्पको कमाल ठान्छु ।  कान्छा महारानीमार्फत् नेपाली साहित्यले एउटा उत्कृस्ट उपन्यास पाएको छ ।’

सांग्रीला बुक्सले प्रकाशन गरेको कान्छा महारानीको मूल्य ४९५ रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay