scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

‘बीमाबाट कमाई गर्नुभन्दा पहिले आफ्नो क्षमतालाई चिन्‍नुहोस् !’

ए.के. कुँवर

तपाईं कसरी बढी कमाउन सक्नुहुन्छ ? कसरी ठूलो आयको सपना देख्‍ने र त्यसलाई वास्तविकतामा बदल्ने ? प्रत्येक बीमा अभिकर्ताको आ–आफ्नै सामर्थ्य र क्षमता हुन्छ र सबैभन्दा पहिले तिनै क्षमताहरुको पहिचान गर्नुपर्दछ र त्यहीअनुसार काम गर्नुपर्दछ ।

अरबको मरुभूमिमा बस्ने जनावरको मरुभूमिमा नै जीवन गुजार्न सक्ने तथा पानीमा बस्ने जनावरहरुको पानीमा नै जीवन गुजार्ने क्षमता भएजस्तै मानिसहरुमा पनि आफ्नो जीवनयापन गर्नका लागि छुट्टै क्षमता भएको हुन्छ । यदि मरुभूमिमा जनावरले पानीमा लडाई गर्नुर्पयो भने उसको जीत हुन सक्तैन र यसमा हार निश्चित छ र पानीमा बस्ने पशुलाई पनि मरुभूमिमा बस्नेले सजिलै पराजित गर्न सक्छ ।

एक बुज्रुक अभिकर्तासँग अनुभव र क्षमता दुवै भएको हुन्छ । त्यसैकारण उसको क्षमतासँगै समूह पनि विस्तार भएको हुन्छ । जसले गर्दा परिवार मात्र नभएर आफन्त,ईष्टमित्र देखि छरछिमेकसम्मै उसको व्यवसायिक सम्बन्ध जोडिएको हुन्छ । अर्कोतर्फ, युवा अभिकर्तासँग अझै असीमित क्षमता भएको हुन्छ । ऊ थकित नभई धेरै ठाउँमा जान सक्छ र थुप्रै नयाँ सम्बन्धहरु गाँसेर पनि आफ्नो लक्ष्य भेटाउन काम गर्न सक्छ ।

कहिलेकाँही काम गर्दा ठाउँ अनुसार पनि सजिलो असजिलो हुने गर्दछ । गाउँमा परिचालित हुने अभिकर्तालाई शहरमा भन्दा केही सहज हुने गर्दछ किनभने ग्रामीण मानिसहरूले धेरै प्रश्‍न सोध्दैनन् । तिनीहरू सामान्यतया सामान्य बिमांक रकम कै बीमा योजनामा बीमित हुन इच्छुक हुन्छन् । यसका लागि अभिकर्ताप्रतिको विश्‍वसनियता पनि महत्वपूर्ण हुन्छ । उनीहरू आयकरमा छुट लिने नीति पाउँदछन् । सहरी अभिकर्ताको फाइदा भनेको सहरमा रहेका मानिसहरू आर्थिक योजनाको बारेमा धेरै सचेत हुने हुनाले र धेरैजसो बीमाहरु कर बचाउनका लागि खरीद गरेका हुन्छन् ।

उच्च शिक्षित अभिकर्तासँग नीति राम्रोसँग बुझ्ने र आफ्ना ग्राहकहरूलाई बुझाउने क्षमता भएको हुन्छ । औसत शिक्षा भएका एजेन्टमा पनि एउटा विशेष क्षमता हुन्छ । उसको निकटमा रहेका व्यक्तिहरु सामान्यतया ऊ जस्तै हुन्छन् र उसकै जस्तो बोलीचाली र रहनसहन हुने भएका कारण ती व्यक्तिहरुले उबाटै बीमाका बारेमा जानकारी लिएर बीमाको खरिद गर्ने धेरै सम्भावना हुन्छ । उच्च शिक्षित अभिकर्ताहरु टाई सूटमा सजिएपनि त्यस्तो अवस्थामा उनीहरुको जोर नलाग्न सक्छ ।

स्थानीय एजेन्ट र बसाई सरेकाहरु दुवैको आ–आफ्नै क्षमता हुन्छ । विगत २० बर्षदेखि चितवनमा बसोबास गर्ने अभिकर्ताले उनीसँग अध्ययन गर्ने, उनीसँग काम गर्ने आदि व्यक्तिहरूसँग सम्पर्क राखिरहेका हुन्छन । विगत २ वर्षदेखि अर्र्को जिल्ला बसोबास गर्ने अभिकर्ताले पनि फाइदा र लाभ भने उठाएका हुन्छन् । किनभने त्यस स्थानमा बसेर आफ्नो समूहमा उत्तम परिणामहरू प्राप्त गरेका हुन्छन् ।

धनी परिवारबाट आएका अभिकर्ताहरुसँग धनी मानिसहरुलाई नै बीमा गराउने क्षमता रहेको हुन्छ । उनीहरु संख्यामा कम भएपनि ठूलो भुक्तानी गर्न सक्छन् । यसको विपरीत, गरिब परिवारबाट आएका एजेन्टले ठुलो संख्यामा बीमा नीतिहरू बेच्न सक्दछ । यद्यपि यस अवस्थामा बीमाको भुक्तानी रकम भने थोरै हुन सक्छ ।

एक बिमा अभिकर्ता,जो बीमा एजेन्सीको लागि नयाँ छ उसमा क्षमताको कमी हुँदेन किनभने उसको समूहका व्यक्तिहरूको बीमा गरिएको हुँदैन । उसका लागि बजार पनि उपयुक्त रहेको हुन्छ । उसका लागि राम्रो कुरा भनेको कम्तीमा एक वा दुई वर्षको लागि आफ्नो चिनेका र जानेका व्यक्तिहरूलाई भेट्नु हो । उनीहरुलाई बीमा विक्री गर्न सजिलो हुन्छ । यसको विपरित एक पुरानो अभिकर्ताले उसको विस्तारित समूहबाट धेरै मात्रामा अधिकतम क्षमता प्राप्त गर्न सक्छ । कहिलेकाँही हामीले सुनेका हुन्छौं नी की तरवारले गर्ने काम सुईले गर्न सक्दैन तर आ–आफ्नो ठाउँमा यी दुवैको आफ्नै विशेषता हुन्छ ।

त्यसकारण प्रत्येक अभिकर्ताहरुलाई आफ्नो क्षमता कति छ र म कस्तो कामको लागि हुँ भनेर थाहा हुनुपर्दछ । त्यसै अनुरुप बीमा बिक्री गर्न आवश्यक क्षमताहरुको प्रयोग गर्नुपर्दछ । एउटा उदाहरण हेरौं – धेरै समय पहिले एक बीमाको एजेन्ट थिए जो धेरै साधारण परिवार र साधारण आर्थिक पृष्ठभूमिबाट आएका थिए । उनी सुरुमा चिया बेच्‍ने काम गर्दर्थे । एक क्षेत्रीय प्रबन्धकले उनलाई बिमा अभिकर्ता बन्‍न प्रस्ताव गरेका थिए ।

एउटा सानो सामाजिक समूहका साथ उनले आफ्नो क्षमतालाई बुझे र उनले कम आय भएका व्यक्तिहरुमा बीमा बेच्‍न सुरु गरे, जहाँ उनको प्राकृतिक बजार थियो । उसको कडा परिश्रमको परिणामस्वरुप उसले कमाई पनि राम्रै गर्दै गयो । केही बर्ष भित्र नै ती अभिकर्ता यति सफल बन्न पुगे कि उनको कमाई पनि राम्रो हुँदै गयो । यसको मतलब तपाईंले पनि यही तरिका अपनाउनु पर्छ भन्ने चाहिँ होइन । उनले आफ्नो क्षमतालाई चिन्न सकेजस्तै तपाईंको पनि आफुभित्रको क्षमता चिन्न सक्नुपर्दछ । जसले तपाईलाई उच्च सफलतातर्फ लैजान सक्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay