scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

गभर्नर क्वारेन्टिनमा

काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोना आशंकामा होम क्वारेन्टिनमा बसेका छन् । गभर्नर अधिकारी भैंसेपाटीस्थित आफ्नै निवासमा क्वारेन्टिनमा बसेका हुन् ।

बैंकको केन्द्रीय कार्यालयको सामान्य सेवा विभागका एकजना इञ्जिनियरलाई बिहीबार कोरोना पुष्टि भएको थियो । ती इन्जिनियरसँग गभर्नर अधिकारीले कोरोनाको आशंकामा क्वारेन्टिनमा बसेका हुन् ।

राष्ट्र बैंकका एक कर्मचारीका अनुसार अधिकारीले कोरोना संक्रमित इन्जिनियरसँग दुई दिनअघि आफ्नै कार्यालयमा भएको निर्माणसम्बन्धी विषयमा लामो छलफल गरेका थिए ।

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागमा एकजना र वीरगञ्ज कार्यालयका दुईजना कर्मचारीमा यसअघि नै कोरोना संक्रमणको पुष्टि गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay