scheduleबुधवार आश्विन ६ गते, २०७८

मंगलबार रातिदेखि कास्की जिल्लाभर निषेधाज्ञा जारी (विज्ञप्ति सहित)

पोखरा, २ भदौ । पोखरामा पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण देखिन थालेपछि कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको मंगलबार विहान बसेको बैठकले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पाँच दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

चाडपर्व नजिकिदैँ गरेको अवस्थामा झन् बढी भीड हुने भएकाले कोरोनाको जोखिम अझ बढ्दै जाने भएकाले त्यसलाई समेत मध्येनजर गरी बन्दाबन्दी गर्ने निर्णय भएको जनाइएको छ ।

निषेधाज्ञाको अवधिमा अत्यवश्यक कामबाहेक घरबाट निस्कन र हिँड्डुल गर्न पाइनेछैन ।

औषधि पसल र सीमित अवधिमा खाद्यान्‍न पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन भने स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अन्य अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट अनुमति नलिएका गाडी गुड्न पाउने छैनन् ।

पोखरामा पछिल्लो तीन दिनमा मात्र ४९ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म पोखरामा मात्र २२३ जनामा संक्रमण पुष्‍टि भएको छ जसमध्ये १२५ जना निको भएर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ ।

लकडाउन खुलेपछिको समयमा पोखरामा संक्रमणको दर बढ्न थालेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय