scheduleआइतवार कार्तिक ९ गते, २०७७

राष्ट्रकवि माधव घिमिरेको निधन

काठमाडौं, २ साउन । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पछिल्लो समय बिरामी रहेका घिमिरेको कपुरधारास्थित निवासमै १०१ वर्षको उमेरमा निधन भएको उनकी छोरी डा. किरण रेग्मीले जानकारी दिइन् ।

उनको स्वासपश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर घरमै उपचार गर्दै आइएको थियो । केहि समय हस्पिटलको उपचारपछि घिमिरेले घरमै बस्ने इच्छा राखेका थिए । पछिल्लो समय उनको घरमै चिकित्सकीय निगरानीका साथ उपचार गरिएको थियो ।

वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका उनी स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए ।

जन्मिएको तीन वर्षमा उनकी आमा बितेकी थिइन् । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरेका थिए ।

घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए । जीवनसंगिनी गौरीको निधन पछि उनले ‘गौरी’ नामक शोककाव्य लेखेका थिए ।

उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay