scheduleआइतवार कार्तिक ९ गते, २०७७

राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो, पशुपतिमा अन्त्येष्टि गरिँदै

काठमाडौं, ३ भदाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बुधबार विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् । आज पशुपति आर्यघाटमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

घिमिरेका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् ।

उनको १०१ वर्षको उमेरमा मंगलबार काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा निधन भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay