scheduleशुक्रवार आश्विन १ गते, २०७८

कोरोनाको निशानामा २० देखि ४० वर्षका युवाहरू, यसरी अपनाउनुहोस् सावधानी

एजेन्सी, ५ भदौ । विश्व स्वास्थ्य संगठनले अब युवायुवतीका लागि पनि अलर्ट जारी गरेको छ । अब २० देखि ४० वर्ष उमेरका मानिसहरुमा कोरोना भाइरस तीव्ररुपमा फैलिइरहेको भन्दै संगठनले सचेतना अलर्ट जारी गरेको हो ।

युवा आफैं पनि संक्रमित भइरहेका छन् तर उनीहरुलाई यसबारे जानकारी नै छैन । उनीहरुले सजिलै वृद्धवृद्धा र बिरामी मानिसहरुलाई कोरोना सारिरहेका हुनसक्ने संगठनको भनाई छ ।

युवाहरु अहिले कार्यालय र काममा गइरहेका हुन्छन् । यसकारण पनि बढी चिन्ता लिनुपर्ने अवस्था रहेको विशेषज्ञहरु बताउँछन् । उनीहरुको गतिविधि बढी भएकोले उनीहरुमा संक्रमणको जोखिम बढी रहेको हो । यस्तो अवस्थामा उनीहरुले एकअर्कालाई कोरोना संक्रमित गराउन सक्ने सम्भावना पनि बढी हुन्छ ।

विशेषज्ञहरुका अनुसार कोरोनाको सामान्य संक्रमणको अवस्थामा युवाहरुमा लक्षण देखिँदैन । तर उनीहरु सार्नका लागि पनि योग्य हुन्छन् ।

त्यसैले युवाहरुले कामको दौरान अन्य व्यक्तिसँग पर्याप्त दुरी कायम गर्न, मास्क अनिवार्य लगाउन र स्वास्थ्य सावधानीका सबै उपाय अपनाउन जरुरी हुन्छ ।

विश्वभरीनै युवाहरुले स्वास्थ्यसम्बन्धी प्रोटोकलहरु उल्लंघन गरिरहेका पाइन्छन् । भारतमा स्वास्थ्य सम्बन्धि नियम उल्लंघन गर्नेमा युवायुवती बढी भएको पाइएको छ ।

बितेको पाँच महिनामा १५ देखि २४ वर्षका युवाहरुमा संक्रमणको खतरा तीन गुणा बढेको छ । विश्व स्वास्थ्य संगठनले २४ फेब्रुअरीदेखि १२ जुलाईबीच ६० लाख कोरोना संक्रमितलाई अध्ययन गरेको छ । यसबाट पछिल्लो समय बच्चा र युवाहरुमा कोरोना संक्रमणको तर तीव्ररुपमा बढिरहेको पाइएको छ ।

एक दिनदेखि ४ वर्षसम्मका बच्चामा कोरोना संक्रमण ०.३ प्रतिशतबाट बढेर २.२ प्रतिशतसम्म पुगेको छ ।
पाँच वर्षदेखि १४ वर्षसम्मका बच्चामा संक्रमणको दर ०.८ प्रतिशतबाट बढेर ४.६ प्रतिशत पुगेको छ ।
१५ वर्षदेखि २४ वर्षसम्मका मानिसमा संक्रमणको दर ४.५ प्रतिशतबाट बढेर १५ प्रतिशतसम्म पुगेको छ ।

यो अवस्थालाई रोक्न युवाहरुले लक्षण नदेखिए पनि कोरोना संक्रमितको नजिक पुगेको थाहा भएमा परीक्षण गर्नुपर्छ । लक्षण देखिएमा त्यसलाई नलुकाईकन परीक्षण गर्नुपर्छ ।

यात्राको क्रममा सानो ह्याण्ड स्यानिटाइजर बोकेर हिंड्नु उत्तम हुने चिकित्सकहरु बताउँछन् । कुनै सतहमा छुनासाथ राम्रोसँग स्यानिटाइज गर्नुपर्छ ।

एटिएमदेखि लिफ्टसम्म प्रयोगमा सावधानी अपाउनुपर्छ । प्रतिरोध क्षमता बलियो बनाउन राम्रो खानपिन खानुपर्छ भने राम्रो निद्रा सुत्नुपर्छ । सकरात्मक सोच्नु, बाहिरका खाना नखानु पनि महत्वपूर्ण कदम हुन्छ । किनकि कोरोनाबाट लड्ने भनेको शरीरको प्रतिरोधात्मक क्षमताले हो, त्यसलाई बलियो बनाइराख्नु अत्यावश्यक छ ।

विश्व स्वास्थ्य संगठनका पश्चिमी प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक डा. तकेशी कसाईका अनुसार महाकारीको स्वरुप बदलिइरहेको छ । २०, ३० र ४० वर्ष उमेर समूहका मानिसहरुमा कोरोना संक्रमणको दर तीव्र बनिरहेको छ । कोरोनामा आइरहेको यो बदलावबारे उनीहरुलाई नै थाहा छैन ।

करिब १.९ अरबी जनसंख्या रहेको पश्चिमी प्रशान्त क्षेत्रमा कोरोना महामारी नयाँ चरणमा प्रवेश गरेको छ । यो भनेको यहाँ कोरोना संक्रमणको दर कयौं गुणा बढ्न सक्छ ।

त्यस्तै पश्चिमी प्रशान्त क्षेत्रमा रहेका अष्ट्रेलिया, फिलिपिन्स, जापान लगायतका देशहरुमा बढी मात्रामा ४० वर्ष उमेर समूहका मानिसहरु भाइरसको शिकार धेरै भइरहेका छन् ।

उता, बेलायत, जापान र जर्मनीदेखि अष्ट्रेलियासम्म कोरोना संक्रमण फैलाउन युवाको हात रहेको निष्कर्ष निकाल्न थालिएको छ । ती देशका अधिकारीहरुका अनुसार युवा लकडाउन जारी रहँदा पनि सामाजिक दुरी कायम गर्दैनन् र बढी क्रियाकलाप गर्छन् ।

जापानको राजधानी टोकियोमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । यहाँ पनि नयाँ संक्रमितहरुको संख्या बढिरहेको छ । यसका लागि युवालाई नै बढी जिम्मेवार मानिएको छ । किनकि यहाँका युवायुवतीहरु लेटनाइट पार्टी र बार जान डराइरहेका छैनन् ।
जापानामा २० देखि २९ वर्षका मानिसहरु धेरै संक्रमित देखिएका छन् । यस्तै अवस्था अष्ट्रेलियामा पनि छ । यसै अवस्थालाई मध्यनजर गर्दै भिक्टोरियामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म रात्रीकालिन लकडाउन लगाइएको छ ।

स्पेनको बार्सिलोना, उत्तरी फ्रान्स र जर्मनीमा पनि कोरोना संक्रमितहरु बढिरहेका छन् । स्पेन र जर्मनीमा पनि रात्रीकालिन लकडाउन सुरु गरिएको छ । फ्रान्समा १५ र ४४ वर्षका मानिसहरु कोरोना भाइरसबाट सबैभन्दा बढी पीडित छन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेडरस एडनम गैब्रिएसिस भन्छन्, ‘युवालाई कोरोना भाइरसबारे कसरी सम्झाउने भन्ने कुरा हाम्रो लागि चुनौती बन्दै आएको छ । युवाहरुको पनि कोरोनाका कारण ज्यान जान सक्छ र उनीहरुले अरुलाई फैलाउन सक्छन् ।’

संगठनले युवाहरुलाई भीडभाड नगर्न र पार्टी नगर्न चेतावनी दिँदै आएको छ । संगठनले कोरोना संक्रमण फैलिनबाट रोक्न सहयोग गर्न युवाहरुलाई आग्रह गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय