scheduleबुधवार आश्विन १३ गते, २०७८

अन्‍नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक मास्कʾ अभियान

कास्की, ६ भदौ । कोभिड–१९ को संक्रमण बढिरहेको अवस्थामा कास्कीको अन्‍नपुर्ण गाउँपालिका ʿएक व्यक्ति, एक मास्कʾ अभियान सहित जनताको घरदैलोमा पुगेको छ ।

गाउँपालिकालाई कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक मास्क अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा पुगिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

उनका अनुसार गाउँपालिकाभित्र हालसम्म ३५ हजार मास्क वितरण गरिसकिएको छ भने थप ३५ हजार वितरण गर्ने तयारी गरिएको छ ।

भाइरसको संक्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराउन यसको जोखिम, बच्‍ने उपाय लगायतका विषय समेटिएको एक हजार ५०० ब्रोसर वितरण गरिएको उनले बताए ।

स्वास्थ्य सजगता र हात धुन सर्वसाधारणलाई अभिप्रेरित गर्न सात हजार ३० साबुन वितरण गरिएको छ । अभियानमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक लगायतलाई परिचालन गरिएको छ ।

अभियान प्रभावकारी बनेको उल्लेख गर्दै अध्यक्ष कुँवरले सर्वसाधारणको भाइरसप्रतिको सजगता बढेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय