उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ सम्म बन्द
काठमाडौं, ८ भदाै । उपत्यकाका स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्मका लागि बन्द हुने भएको छ ।
उपत्यका नगरपालिका फोरमले उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो ।
फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो निर्णय गरिएको जानकारी दिए ।