scheduleबुधवार आश्विन १३ गते, २०७८

फागुनमा महाधिवेशन गर्दा हारिन्छ भनेर कसले भन्यो देउवालाई ?

काठमाडौं, ९ भदौ । सत्तारुढ दल नेकपाको बिवाद सकियो भन्‍ने चर्चाकै बीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भने महाधिवेशनको चर्चा शुरु भएको छ । आगामी फागुनमा नेपाली काँग्रेसले आफ्नो १४औं महाधिवेशन गर्दैछ । अहिले महाधिवेशनको भित्रि तयारी देखि उम्मेद्वारको दौडादौड समेत सुरु भएको छ ।

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा हालका सभापति शेरबहादुर देउवा सहित झण्डै एक दर्जन नेता सभापतिको आकांक्षी छन् । यतिबेला देउवा सहित नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधी,प्रकाशमानसिं श्रेष्ठ,डा.शेखर कोईराला,डा.शसांक कोईराला,गगन थापा,डा. रामशरण महत,सुजाता कोईराला,गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा सभापतिमा दाबी गरेका छन् ।

महाधिवेशनमा सबैले आ–आफ्नो दाबी गरिरहँदा सभापतीमा पुनःउम्मेद्वारी दिन लागेका देउवालाई भने यतिबेला महाधिवेशन मिती फागुनमा भएको तनाव बढेको छ । कर्ममा भन्दा भाग्यरेखामा विश्‍वास गर्ने देउवालाई केहि ज्योतिषले फागुन महिना त्यति फलदायी नभएको र यो महिना महाधिवेशन भएमा पराजित हुनसक्ने भनेपछी छट्पटी बढेको हो ।

सधैंजसो ज्योतिषलाई हेराएर मात्रै कार्य थालनी गर्ने देउवाले यस अघि पनि विभिन्‍न ज्योतिष र बाबाजीका कुरा सुनेर निर्णय लिँदै आएका थिए । उनलाई ज्योतिषले ७ पटक नेपालको प्रधानमन्त्री हुने भाग्यरेखा अर्थात राजयोग छ भनेपछि उनि उत्साही छन् । कहिले कालो बोका काटेर कार्य थालनी गर्ने, कहिले मठमन्दिर पुगेर दिनभर होम गर्ने, कहिले विभिन्‍न बाबा र ज्योतिषकहाँ पुगेर चिना हेराउने देउवाले यो पटक फागुन महाधिवेशनको खड्को कसरी काट्छन् त्यो भने हेर्न बाँकी नै छ ।

आफ्नै गुटका विमलेन्द्र निधी, गोपालमान श्रेष्ठले समेत सभापतिमा दाबी गर्न थालेपछी देउवा गुटकै नेता र कार्यकर्ता विभाजित हुने अवस्थामा पुगेको काँग्रेसका नेताहरु बताउँछन् । यद्यपि देउवाकै विरुद्ध निधी र श्रेष्ठले उम्म‍‍ेदवारी दिने स्थिती चाहिँ देखिँदैन । सभापतीमा चुनाव जित्‍न महाधिवेशन प्रतिनिधि भन्दा ज्योतीष परामर्शमा बढी विश्‍वास गर्ने देउवाले फागुनमा महाधिवेशन रोक्ने सम्मको विधि खोज्‍न सक्नेसम्मको अड्कलबाजी हुन थालेको छ ।

यता रामचन्द्र पौडेल समूहले चाहिँ देउवाको खराब ग्रह चलेकै समयमा महाधिवेशन भएमा जित्‍न सहज हुने भन्दै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने अडान लिएका छन् । ‘काँग्रेसको महाधिवेशन कुनै व्यक्तिको भाग्यरेखामा होईन पार्टीको विधान अनुसार हुन्छ’–पौडेल निकट एक जिल्ला सभापतिले भने ।

काँग्रेसमा यसपटक कोइराला परिवारमा नेतृत्व फर्काउने योजनामा शशांक, शेखर र सुजाता छन् भने गणेशमानपुत्र प्रकाशमानसिंह पनि बाबुको विरासत धान्‍न सभापति जितेर काँग्रेस एक बनाउने आफ्नो सपना रहेको बताउँछन् । त्यसैगरी युवापुस्ताका नेताहरु पार्टी नेतृत्वमा सबै युवा मिलेर हस्तक्षेप गर्नुपर्ने बताउँदै आएका छन् ।

पछिल्लो समय लोकतान्त्रिक फोरम पार्टी नै काँग्रेसमा विलय गराएका विजयकुमार गच्छदार र भर्खरै काँग्रेस प्रवेश गरेका राप्रपा नेता सुनिलबहादुर थापाको समूहले भने विनाशर्त देउवालाई नै सघाउने देखिएको छ । यदि यो अवस्था आएमा देउवा नै शक्तिशाली हुने स्थिती आउनसक्ने काँग्रेसका केही नेता बताउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय