scheduleबुधवार आश्विन ६ गते, २०७८

टिकटकका सीईओ केभिनले दिए राजीनामा

वासिङ्टन, ११ भदाै । टिकटकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) केभिन मेयरले सीईओ नियुक्त भएको तीन महिनामै राजीनामा दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताउँदै टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मेयरले बिहीबार राजीनामा दिएका हुन् ।

टिकटकको स्वामित्वबारे चिनियाँ स्वामीत्वकर्ता कम्पनी बाइटडान्स र अमेरिकी सरकारबीच तिक्तता बढेका बेला डिज्नीका पूर्वप्रमुख समेत रहेका मेयरको राजिनामा आएको हो ।

पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटककै कारण अमेरिका र चीनबीचको सम्बन्धमा थप तिक्तता आएको छ ।

विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् भने अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता रहेका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय