scheduleबुधवार आश्विन ६ गते, २०७८

टिकटकका निर्देशकले दिए राजीनामा

एजेन्सी, ११ भदौ । छोटो भिडियोमा अभिनय गर्न सकिने मोबाइल एप टिकटकका प्रमुख कार्यकारी निर्देशक केभिन मेयरले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय अमेरिकामा टिकटकबारे देखिएको विवाद चलिरहेकै बेला बिहीबार उनको राजीनामा आएको हो ।

पछिल्लो समय टिकटकबारे अमेरिकामा धेरै चर्चा भइरहेको छ । अमेरिकाले टिकटकको प्रयोगमा रोक लगाउने घोषणा यसअघि नै गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनको समय दिँदै उक्त समयमा अमेरिकी कम्पनीलाई बिक्री नगरे अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्‍ने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।

आफ्ना कर्मचारीहरुलाई पत्र लेख्दै मेयरले पछिल्लो समय राजनीतिक वातावरण उल्लेख्यरुपमा परिवर्तन भएको भन्दै राजीनामा दिएको बताएका छन् । मेयर गत मे महिनामा टिकटकको निर्देशक बनेका थिए । टिकटकले उनी कम्पनीमा हुँदाको कार्यशैलीप्रति सकारात्मक टिप्पणी गर्दै धन्यवाद दिएको छ ।

टिकटकले उनको निर्णयको सम्मान गर्ने पनि उल्लेख गरेको छ । मेयर अमेरिकी कम्पनी डिज्‍नेका पूर्वकार्यकारी पनि हुन् । त्यसैले पनि चिनियाँ कम्पनीसँग सम्बन्ध नराख्‍न अमेरिकाले उनलाई दबाब दिएको बुझिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय