scheduleबुधवारमाघ ७ गते, २०७७

बलात्कारका आरोपी वडाध्यक्ष कारागार चलान

गोरखा, ११ भदौ । बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका ४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन् ।

बिहीबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले ४६ वर्षीय रानाभाटलाई थुनामा राख्‍ने आदेश दिएको हो ।

१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत साउन १६ गते पक्राउ परेका थिए । उनीविरुद्ध जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो ।

तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका उनलाई हालको जनता समाजवादी पार्टीले तत्कालका लागि सबै जिम्मेवारीबाट निलम्बनसमेत गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay