scheduleआइतवारबैशाख ५ गते, २०७८

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, १२ भदाै । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शनिबारका लागि बोलाइएको बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको हो ।

कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको नेकपाका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अर्को बैठकको मिति टुंगो नलागेको जानकारी दिए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay