scheduleबुधवार आश्विन ६ गते, २०७८

कास्कीमा जारी निषेधाज्ञा केही खुकुलो, शनिबारदेखि जोरविजोर प्रणाली लागू (सूचनासहित)

पोखरा, १२ भदौ । कास्कीमा भदौ ३ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जोरबिजोर प्रणाली लागु गर्दै आंशिक निषेधाज्ञा भदौ २० गतेसम्म जारी रहने निर्णय गरेको हो ।

समुदायस्तरमा संक्रमित भेटिन थालेपछि र चाडपर्वमा भीडभाड हुने भन्दै प्रशासनले पहिलोपटक ३ भदौदेखि ७ भदौसम्म निषेधाज्ञा लगाएको थियो । ७ भदौमा प्रशासनले ५ दिन निषेधाज्ञा थप्‍ने निर्णय गरेको थियो जसको अवधि शुक्रबार रातिदेखि सकिँदै थियो ।

प्रशासनले जिल्लाभर जोर दिनमा जोर नम्बरका सवारी र विजोर दिनमा विजोर नम्बरका निजी सवारीसाधन बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्‍चालन गर्न दिने निर्णय गरेको हो ।

भदौ २० गतेसम्मका लागि जारी गरिएको आदेशको विस्तृत विवरण:

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय