scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

पाल्पामा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पा, १२ भदौ । पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएकी ३० वर्षीय महिलाको शुक्रबार साँझ मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार मृतक महिला तानसेन नगरपालिका वडा नं. ८ की हुन् । उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

घरमै बसिरहेकी ती महिला भदौ ५ गते मुटुमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी मेडिकल कलेज आएकी थिइन् ।

कोरोनाको लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरी भैरहवास्थित प्रादेशिक प्रयोगशालामा पठाएकोमा परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो ।

यसबारेमा स्वास्थ्य मन्त्रालयले भने शनिबारको मिडिया ब्रिफिङमार्फत जानकारी दिनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay