scheduleबिहिवार कार्तिक १३ गते, २०७७

सज्जा चौलागाईं बनिन् तेस्रो सिजनको नेपाल आइडल विजेता

काठमाडौं, १२ भदौ । तेस्रो सिजनको ‘नेपाल आइडल’  को विजेता सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् ।

उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् भने किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण ‘वाइल्डकार्ड इन्ट्री’ मार्फत फाइनलमा पुगेका थिए ।

कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो ।

आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको विजेता रवि ओड बनेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay