scheduleबुधवार कार्तिक १२ गते, २०७७

लकडाउनमा नेपाली नायिकाहरुः कोही व्यस्त, कोही अस्तव्यस्त र विवादमा

प्रतिक भट्ट

कोरोनाका कारण देशभर लकडाउन सुरु भएपछि अन्य क्षेत्रजस्तै नेपाली चलचित्र क्षेत्र पनि नराम्रोसँग प्रभावित भयो । यसबीचमा निर्माताको करोडौं लगानी त्यत्तिकै डब्बाप्याक जस्तो भएको छ ।

यदि लकडाउन नभएको र अवस्था सामान्य भएको भए अहिलेसम्म ५० भन्दा बढी नेपाली चलचित्र प्रदर्शन भएर त्यति नै संख्यामा छायांकनमा हुने थियो । जसले कम्तीमा ५ अर्ब बराबर आर्थिक कारोबार भईसक्ने थियो । केही चलचित्र २ देखी ४ करोडको लगानीमा बनेका छन् भने केही ७० लाख देखी डेढ करोडको लगानीमा बनेका छन् । तर, प्रदर्शन मितीको अन्यौलले ती चलचित्रमा गरिएको लगानी त्यत्तिकै ठप्प छ भने निर्मातालाई आर्थिक भार थपिँदै गएको छ ।

चलचित्र क्षेत्र प्रभावित भएपछि यससँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका कलाकार, प्राविधिक, मजदुर, हलसञ्‍चालक, वितरक र फिल्महल भित्र व्यवसाय सञ्‍चालन गर्नेहरु समेत प्रभावित भएका छन् । जसले गर्दा केही प्राविधिक र कलाकारलाई त जीवन धान्‍न समेत समस्या भएपछि वैकल्पिक पेशा सुरु गरिसकेका छन् ।

यो अवस्थामा नेपाली नायिकाहरु चाहिँ के गर्दै छन् त ? नायिकाहरुमध्ये केही विवाहितले लकडाउन अनुभव घरमै बसेर लिइरहेका छन् । अविवाहित नायिका कोही नाइटो छेड्न व्यस्त छन् त कोही टीकटकमा भिडीयो अपलोडमा व्यस्त देखिन्छन् ।

यसबीचमा पनि नायिका केकी अधिकारी सबैभन्दा बढी व्यस्त छिन् । उनी चलचित्रको केही प्राविधिक काम, म्युजिक भिडियोमा अभिनय र आफ्नै प्रोडक्सनमा नेपालमा पहिलो पटक सुरु गरिएको कमेडी च्याम्पियनकै काममा व्यस्त रहेको बताउँछिन् । लकडाउन नभएको भए यतिबेला नायिका अधिकारी कमेडी च्याम्पियनका विजेता सहित विश्‍वका धेरै देश घुमेर फर्किएकी हुन्थिन् र कमेडी च्याम्पियनको दोस्रो खण्ड चलिरहेको हुन्थ्यो ।

तर पनि उनी अहिले पनि आफ्नो कमेडी च्याम्पियनको दोस्रो सिजनको काममा व्यस्त छिन् भने उनले पछिल्लो समय प्रकाश सपुतको नयाँ गीत बदला बरिलै…..मा अभिनय गरेर दर्शकको मन जितेकी छिन् ।

लकडाउनको फाइदा उठाउँदै नायिका रेखा थापाले भने आफ्नो नयाँ फिल्मको लागि तौल घटाउने र स्लिम देखिन कसरत गरिरहेकी छिन् । नायिका थापाले यसबीचमा आफ्नो १३ किलो वजन कम भइसकेको बताइन् । उनले दिदीको छोरासँगै विहान विहान कसरत गरेको भिडियो समेत सार्वजनिक गरेकी छन् । नायिका थापाले लकडाउन सकिएलगत्तै नयाँ चलचित्रको काम अगाडी बढ्ने र त्यसमा पनि नारी पात्रको भूमिका महत्वपुर्ण हुने भएकोले आफुले केही धमाकेदार द्वन्द्वका लागि कसरत गरिरहेको बताइन् ।

यता नायिका प्रियंका कार्की, वर्षा राउत र आँचल शर्माले भने लकडाउन अगाडि बिहे गरेका कारण आफ्नै श्रीमानसँग रमाईलो गरिरहेको तस्विरहरु पोस्ट गरिरहेका छन् । नायिका कार्की कहिले सासुसँग त कहिले श्रीमान आयुष्मान देशराज जोशीसँग रमाईलो गरिरहेकी भेटिन्छिन् । नायिका राउतले श्रीमान संजोग कोईरालासँग केही घरको काम पनि सिकीरहेको बताएकी छन् भने आँचल शर्मा श्रीमान उदिप श्रेष्ठको हस्पिटलमा गएर सघाउने गरेको र कहिलेकाँही युटुबरहरुलाई समेत आफ्नो श्रीमानको व्यवसायको प्रचारको लागि बोलाएर अफिस डुलाउने गरेकी छिन् ।

यता बेला बेला विवादमा आईरहने नायिका पुजा शर्मालाई चाहिँ लकडाउनमा घरमा नयाँ नयाँ परिकार पकाउने र साथीभाई बोलाएर रमाईलो गर्नमै फुर्सद छैन । केही दिनअघि रंग पत्रकार प्रकाश सुवेदीसँग दाह्रा भएकी नायिका भन्यो भनेर विवादमा रहेकी नायिका शर्मा अहिले विवाद मिलिसकेको बताउँछिन् । उनी त्यसअघि नायिका सुष्मा कार्कीसँगको लफडामा समेत मुछिएकी थिइन् ।

यता चलचित्रमा कम तर ग्लामर दुनियाँमा केही न केही फण्डा झिकिरहने नायिका सुस्मा कार्कीले भने यो बेला नाइटो छेडेर नाइटोमा फुली लगाएको भिडियो आफैंले अपलोड गरेर भाइरल भएकी छिन् । पहिले एक निर्देशकसँग रिलेशनमा रहेकी नायिका कार्की पछिल्लो समय सलमान खानसँगको फोटो सार्वजनिक गर्दै उनैसँग बिहे गर्ने समेत भन्‍न भ्याएकी छिन् ।

 

यता नेपाली चलचित्रकी सदावहार नायिका करिष्मा मानन्धर भने केही समयको राजनीतिबाट थाकेर अहिले घरमै टिकटकमा व्यस्त देखिन्छिन् । नायिका स्वस्तिमा खड्का पनि नयाँ चलचित्रको लागि काम सिकिरहेको बताउँछिन् भने अदिती बुढाथोकी, सृष्टि श्रेष्ठ, वर्षा शिवाकोटी, साम्राज्ञी राज्यलक्ष्मी र उपासनासिंह ठकुरी चाहिँ कामको खोजीमा छन् । तत्काल लकडाउन खुलेपनि उनीहरुको हातमा कुनै चलचित्र हुने देखिन्‍न ।

साम्राज्ञीको त नायक भुवन केसीसँगको लफडा उजुरबाजुरमा समेत पुगेको छ । नायक केसीले आफ्नो चलचित्रको प्रोमोसन र सुटिङको बेला ह्यारेसमेन्ट गरेको उनको आरोप छ । तर, केसीले चाहिँ आरोपमा सत्यता नभएको भन्दै साम्राज्ञीले जुन थालमा खायो त्यही थाल प्वाल पार्न थालेको समेत भनेका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay