scheduleशुक्रवार आश्विन १ गते, २०७८

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा प्रहार गर्ने युवक पक्राउ

फाइल फोटो

काठमाडौं, १९ भदौ । ललितपुरको पुल्चोकमा बिहीबार मत्स्येन्द्रनाथको रथ तान्‍ने विषयमा स्थानीय र प्रहरीसँगको झडपमा प्रहरीमाथि ढुंगा प्रहार गर्ने थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार हुलदंगाका क्रममा प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा प्रहार गरेका युवकलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जन रहेका छन् ।

उनी कुनै पनि सञ्‍चारमाध्यममा आबद्ध नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जनाएका छन् ।

प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरीमाथि कुटपिट र ढुंगामुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय