scheduleमगलवार आश्विन १३ गते, २०७७

कोरोना कहर : युएईमा एक सातामा पाँच नेपालीको ज्यान गयो

काठमाडाैं, २१ भदाै । कोरोना संक्रमणबाट युएईमा एक सातामा पाँचजना नेपालीको मृत्यु  भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशका विभिन्न देशमा संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या शनिबारसम्म दुई सय पुगेको छ ।

बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको संघले जनाएको छ ।

यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पनि  पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको बताइएको  छ ।  जापान, अष्ट्रेलिया, कतारलगायतका देशमा यो साता   संक्रमित हुनेको संख्या सामान्य रुपमा बढेको समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिए ।

हाल सम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय