scheduleमगलवार आश्विन १३ गते, २०७७

गजल

दीप सिजन

लजाउँदै तस्वीर अघि आयो फेरी
कहालीलाग्दो पिर अघि आयो फेरी

हातका रेखाहरु देखावटी रैछन्
सबैभन्दा तक्दिर अघि आयो फेरी

न फसाउन सक्छु, न त फुकाउन
आफै बाँध्ने जन्जिर अघि आयो फेरी

सकिनँ राम्रो काम गर्न दुनियाँमा
अचेत जस्तै शरीर अघि आयो फेरी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय