scheduleआइतवारमाघ ११ गते, २०७७

निषेधाज्ञा गर्ने जिम्मा स्थानीय तहलाई दिऊँः डा. भट्टराई

काठमाडौं, २२ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निषेधाज्ञा लगाउने जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका डा. भट्टराईले लोकतन्त्रमा जनप्रतिनिधिलाई जिम्मेवार बनाउनेपर्ने भन्दै सोमबार बिहान सामाजिक सञ्जालमार्फत् उक्त कुरा बताएका हुन् ।

‘प्रमुख जिल्ला अधिकारीहरुको कर्तव्यपरायणतामा शंका नगरी यसो गरौं,’ भट्टराईले दुई प्रस्ताव राख्दै भनेका छन्, ‘पहिलो, संघीयतामा जिल्लाको काम स्थानीय तहको संयोजन गर्ने र प्रदेशका केही विशिष्ठ जिम्मेवारी वहन गर्ने भएकाले सिडिओलाई प्रदेश र जिसस मातहत राखौं ।’

भट्टराईको दोस्रो प्रस्ताव संघीयताको कार्यान्वयन र जनप्रतिनिधिलाई जिम्मेवार बनाउनमा केन्द्रित छ । उनले भनेका छन्, ‘निषेधाज्ञा आदि लगाउने जिम्मा स्थानीय तहलाई दिऊँ; लोकतन्त्रमा जनप्रतिनिधि ज़िम्मेवार हुनुपर्छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay