scheduleमगलवार आश्विन १३ गते, २०७७

के तपाईलाई थाहा छ एलियनबारे यी रोचक तथ्य ?

एलियन भन्ने बित्तिकै हामी डर र उत्सुकता दुवै अनुभव गर्दछौं । कतै एलियन मानिस भन्दा शक्तिशाली त छैन भनेर हामी भित्र डर उत्पन्न हुने गर्दछ । उत्सुकताको कारण के हो भने हामीले एलियनलाई कथा, उपन्यास तथा फिल्ममा बाहेक अन्त देखेका छैनौं । तर अहिलेसम्म नदेखेको एलियनबारे यी तथ्य जानी राखौंः

१. एलियनले अपहरण गरिहाल्छ कि भनेर मानिसले अपहरण बिमा गर्न थालेको छन् । अहिलेसम्म २० हजार मानिसले यस प्रकारको बिमा गरेको बताइएको छ ।


२. अमेरिकाका केही अग्निनियन्त्रकलाई युएफओ वा आकाशमा उड्ने एक प्रकारको वस्तु ठोक्किएर वा एलियनलको आक्रमणका कारण आगो लागेको अवस्थामा कसरी आगो निभाउने भनेर तालिम दिइएको छ ।

३. एलियनले मानिसलाई कैयो पटक सम्पर्क गरेको र चन्द्रमामा पाइला राख्ने छैटौं व्यक्ति इदगार मिचेलले बताएका छन् ।

४. एलियनबारे पूर्ण जानकारी पाउन अब आउने १० वर्षसम्म पर्खनुपर्ने वैज्ञानिकले बताएका छन् ।

५. विश्व चेस महासंघका अध्यक्षले आफूलाई एलियनले अपहरण गरेको र चेसलाई एलियनले नै आविष्कार गरेको बताएका छन् ।

६. एपोलो ११ मा रहेका अन्तरिक्ष यात्रीले आफ्नो यान नजिकबाट एउटा अनौठो वस्तु उडेर गएको बताएका थिए । अहिलेसम्म पनि त्यो वस्तु के थियो भनेर नासाले पुष्टि गर्न सकेको छैन ।

७. कार्नेगी इन्स्टिच्युटका अन्तरिक्षयात्रीले १७,१२९ वटा तारामण्डलहरुको सूचि तयार पारेका छन् । ती तारामण्डलमा पृथ्वी जस्ता ग्रह हुनसक्ने प्रशस्त संभावना रहेको छ ।

८. अनुसन्धानकर्ताले एकपटक एलियन प्राचीन इजिप्टमा आएर त्यहाँका मानिसलाई आफ्ना भावी पुस्ताका बारेमा बताएको कुरामा अनुसन्धानकर्ताहरु सहमत देखिन्छन् ।

९. हाम्रो सौर्यमण्डलमा एलियन बस्ने संभावित स्थान भनेको मंगल ग्रहको भित्री भाग, शनि ग्रहको उपग्रह इन्सेलाडस र बृहस्पति ग्रहको उपग्रह युरोपा तथा क्यालिस्टो हुन् ।

१०. सबैभन्दा पहिला युएफओ १४५० बिसी अगाडि इजिप्सियनले देखेको अनुमान गरिएको छ । उनीहरुले आकाशमा गोलो र चम्किलो वस्तु देखेका थिए भनिन्छ ।

११. नेपोलियन बोनापार्टले आफुलाई एलियनले अपहरण गरेको बताएका थिए । सन् १७९४मा आफूलाई केही अनौठा मानिसले कब्जामा लिएको भनेका थिए ।

१२. सन् १९५७ मा ब्राजिलका एकजना किसानले भुक्दै आएका एलियनले आफ्नो शरीरमा जेल लगाएर यौन सम्पर्क गरेको बताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय