scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

मर्निङवाक गरेर बिपीको घरमा जान्थें

भरतप्रसाद उप्रेती

बिपी कोइरालासँग म ज्यादै नै प्रभावित भएँ । उहाँलाई सुन्दरीजल जेलबाट छोडे पछि मेरो घरमा आएर बस्नुभयो । छाप्रो थियो त्यतिबेला । यो घर बनिसकेको थिएन । यहाँ वरिपरी केही पनि थिएन । सबै जंगल थियो । कतैकतै घर थिए । ०२७/२८ सालको कुरा हो । बिपी चाबहिलमा बस्नुहुन्थ्यो । घरमा कोही जाँदैनथे ।

बस्नेत थर भएका बिपीको बडिगार्ड थिए । बिपी, उहाँका बडिगार्ड र म भएर मर्निङवाकमा जान्थ्यौं । म यस घरबाट (नयाँ बानेश्वर) मर्निङवाक गर्दै सबेरै पुग्थेँ ।

‘४ बजे नै आइपुग्नु । चिया खान नै आइपुग्नु’ बिपीले भन्नुहुन्थ्यो । म बिपीले भन्नुभएकै समयमा पुग्थें । त्यो बेलामा छुट्टै जोश थियो ।

चाबहिलबाट ६ बजे चिया खाएर मर्निङवाकमा हिड्थ्यौं । एक/डेढ घण्टा बिपी वाक गर्नुहुन्थ्यो । चाबहिलको घरमा कोही जाँदैनथ्यो । बाहिरको मान्छे भनेको म मात्रै हुन्थें ।

बिपीसँग त्रसित

पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रूपमा बिपीले १८ महिना सरकारको नेतृत्व गर्नुभयो । त्यतिबेला उहाँले भर्ना गरेका कर्मचारी जति थिए ती सबै बिपीदेखि डराउँथे । उहाँको अगाडि पर्दा भागाभाग हुन्थे । बिपीसँग बोल्नुपर्छ भनेर भाग्थे । त्यस्तो स्थितिमा पनि मैले उहाँलाई साथ दिएँ ।

उहाँबाट पनि मैले साथ लिएँ । मर्निङवाकमा जाँदा बिपीले राजनीतिक सुनाउनु हुन्थेन । साधारण कुरा गर्नुहुन्थ्यो । ‘के गर्छौं, कसो गर्छौ ?’ भनेर सोध्नुहुन्थ्यो ।

मर्निङवाकका क्रममा बिपीले भन्नहुन्थ्यो, ‘म यसरी हिंडेर मात्रै भएन । मान्छे जम्मा गर्ने व्यवस्था गर न ! केटाहरू जम्मा गर्ने, म केही कुरा उनीहरूलाई । सम्झाउँछु’ भनेर मलाई भन्नुभयो । अलिअलि साथीहरू काठमाडौंमा थिए । मैले खबर गरेँ ।

पहिलो दिनमा ९/१० जना आए । लुकीलुकी १/१ जना कोही कताबाट कोही कताबाट आउँथे । अर्को शनिबार २५/३० जना भए । बिपीका कुराले मानिसहरू नडराइ आउन थाले । बिपीको वचन भाइरल हुँदै गयो । त्यसपछि बिपी खुसी हुनुभयो ।

(धादिङका कांग्रेस पार्टीका संस्थापक नेता उप्रेतीसँग साझापोस्टले गरेको कुराकानीमा आधारित)

 

यो पनि-

‘शेरबहादुर बहादुर केटा हुन्, उनले सहेको यातना मैले प्रत्यक्ष देखेको छु’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay