scheduleमगलवार आश्विन १३ गते, २०७७

उपत्यकामा निषेधाज्ञा खुकुलो : यातायातमा जोरविजोर र व्यापार-व्यवसाय खोल्ने निर्णय

काठमाडौं, २४ भदाै । काठमाडाैं उपत्यकामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो पार्दै भोलिदेखि यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ ।

बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि, निषेधाज्ञाको समय भने एक साताका लागि लागू नै गरिएको छ।

यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने बताइएको छ । स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

बढी भेला-जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय छ। उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आजमात्रै उपत्यकामा ४६४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय