scheduleबुधवार कार्तिक १२ गते, २०७७

कंगना रनावत र महाराष्ट्र सरकारबीचको तनाव झनै चर्कियो

मुम्बई पुगेर कंगानाले भनिन्- शिवसेना ‘बाबर सेना’ हो

मुम्बई, २५ भदौ । बलिउड अभिनेत्री कंगना रनावत र शिव सेना नेता संजय राउतबीचको ट्वीटर युद्ध अब वास्तविक युद्धमा फेरिएको छ । कंगनासँगको विवाद लगत्तै महाराष्ट्रको सत्तारुढ पार्टी शिव सेनाले स`ञ्जय राउतलाई पार्टीको मुख्य प्रवक्ता नियुक्त गरेको छ । उनी पार्टी मुखपत्र ‘सामना’का सम्पादक पनि हुन् ।

अर्कोतिर शिवसेनाले मुम्बई नआउने धम्की दिएकी अभिनेत्री हिमाञ्चलबाट मुम्मई पुगेकी छन् । उनले गृहप्रदेशमै कोराना जाँच गरी ‘नेगेटिभ’ रिर्पोट साथमा बोकेकी थिइन् । अन्यथा यही निहुँमा उनलाई मुम्बई एयरपोर्टबाट फिर्ता गरिने सम्भावना थियो ।

उनी मुम्मई पुग्दा उनी विरुद्ध शिवसेना कार्यकर्ताहरुको ठूलो भीडले नाराबाजी गरेको थियो । केही स-सना समूहले उनको समर्थनमा समेत नाराबाजी गरेका थिए । उनलाई प्रहरीले विशेष सुरक्षासहित उनको घर बान्द्रा पाली हिल रोड पुर्‍याएका थिए ।

मुम्बई विमानस्थलमा उत्रिने वित्तिकै कंगनाले ट्वीट गरेकी थिइन् । उनले शिवसेनालाई ‘बाबर सेना’ भनेर गाली गरेकी छन् । पछिल्लो एक साताभित्र उनको ट्वीटर फ्लोअर प्रतिदिन १ लाख बढीले बढेको बताइन्छ । सञ्जय राउतसँगको विवाद चर्किनु अघि कंगनाका खासै ट्वीटर फ्लोअर थिएनन । ७ दिनभित्रै १२ लाख पुगेका छन् ।
उनले ट्वीटरमा ‘डेथ अफ डेमोक्रेसी’ भन्ने ह्यासट्याग प्रयोग गरिरहेकी छन् ।

मुम्मई नगरपालिकाको एक टोलीले उनको फिल्मनिर्माण कम्पनी मणिकर्णिका फिल्मसको कार्यालय घरको अगाडिको भाग भत्काई दिएको छ । नगरपालिकाले उनीमाथि मापदण्ड मिचेर अगाडि बाल्कोनी निकालेको, निर्माण गर्ने बेलामा स्वीकृत डिजाइन परिवर्तन गरेको समेत आरोप लगाएको छ । त्यहाँ नगरपालिकालाई बृहत मुम्बई निगम भनिन्छ, त्यहाँ शिवसेना कार्यकर्ता निर्वाचित छन् ।

कंगनाले नगरपालिकाले आफ्नो अफिस भत्काउँदै गरेको फोटो र भिडियो ट्वीट गरिकी छन् । उनले भनेकी छन्, ‘मणिकर्णिका फिल्मसको अफिस मेरा लागि राम मन्दिर जस्तै थियो । त्यो आज बाबर सेना भत्काएका छन् । बाबरले भत्काएको अयोध्याको राममन्दिर बनेजस्तै मेरो राममन्दिर पनि फेरि बन्छ ।’

उनले महाराष्ट्र आफ्नो व्यक्तिगत सम्बन्धलाई भावनात्मक रुपमा प्रस्तुत गरेकी छन् । भनेकी छन्, ‘मैले १२ वर्षको उमेरमा हिमाञ्चल छोडेकी थिए, १६ वर्षको उमेरमा मुम्बई आएकी थिइन् । मुम्बई मेरो घर हो, मलाई थाहा छ महाराष्ट्रले मलाई धेरै चिज दिएको छ तर मैले पनि महाराष्ट्रलाई आफ्नो भक्ति र प्रेम दिएकी छु ।’

महाराष्ट्र गृहमन्त्री अनिल देशमुखले कंगनामाथि लागूपदार्थ सेवन गरेको आरोप समेत लगाएका छन् । त्यसबापत लागूपदार्थ निरोध विभागलाई कंगनामाथि छानबीन शुरुवात गर्न आदेश दिइसकिएको बताइएको छ ।

कंगनाका पूर्व ब्याइफ्रेन्ड अध्ययन सुमनले एक अन्तर्वार्तामा कंगनाले आफूलाई लागू पदार्थ सेवन गर्न प्रेरित गर्ने गर्थिन् भनेका छन् । अहिले त्यसको भिडियो क्लिप भाइरल बनाइएको छ । कंगनाले प्रतिउत्तरमा ‘यदि मैले लागू पदार्थ सेवन गरेको वा ड्रग्स माफियासँग मेरो कुनै सम्बन्ध भएको पाइए जीवनमा कहिल्यै मुम्बइ नफर्किने’ प्रतिउत्तर दिएकी छन् ।

अझ अनौठो कुरा– गृहमन्त्री अनिल देशमुखले कंगनालाई कुनै कारबाही गरिए वा दुःख दिइए मुख्यमन्त्री बाल ठाकरेको हत्या गर्ने फोन धम्की आएको बताएका छन् ।

देशमुखका अनुसार त्यस्तो फोन सोमबार राती युएइबाट आएको र दाउद इब्राहिमको समेत जिकिर गरिएको र फोन मुख्यमन्त्री ठाकरेले आफैं उठाएको बताइएको छ ।

ठीक त्यस्तै फोन सरकारको साझेदार दल राष्ट्रवादी कांग्रेसका नेता शरद पावरलाई पनि आएको बताईएको छ । यस्ता फोन कहाँबाट कस्ले कुन उद्देश्यले गरेको हो ? फोन गर्नेहरुसँग कंगनाको कुनै सम्बन्ध भए नभएको छानविन गर्ने गृहमन्त्री देशमुखले बताएका छन् । यसबारे भने कंगनाले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

करिब दुई हप्ता अघिको कंगनाको ट्वीट गर्दै भनेकी थिइन्, ‘म मुम्बईमा असुरक्षित महसुस गर्न थालेकी छु । मुम्बई पुलिसप्रति विश्वास गुम्दै गएको छ ।’  उनको यो ट्वीटसँै विवादको शुरुवात भएको थियो ।

कंगनाले ‘असुरक्षित महसुस गर्न थालेको’ भनेपछि शिवसेना नेता तथा राज्यसभा सदस्य संजय राउतले ‘असुरक्षित लाग्छ भने मुम्बईमा नबसे भो नि’ भन्ने ओठे जवाफ फर्काएका थिए ।

त्यसपछि कंगनाले ‘मुम्बई पिओके वा तालेवान शासन भएको ठाउँ त हैन होला’ भन्दै निक्कै कडा प्रतिक्रिया गरेकी थिइन् । पिओके भनेको पाकिस्तान अकुपाइड कश्मिर हो । कंगनाको यो भनाई पछि महाराष्ट्र गृहमन्त्री अनिल देशमुख र सञ्जय राउत झनै रिसाएका थिए ।

शिवसेना निकट महिला संघले सडकमा कंगनाको पोष्टरमाथि चप्पल हिर्काउने कार्यक्रम गरेको थियो । शिवसेना नेता कार्यकर्ताले सामाजिक सञ्जालमा कंगना विरुद्ध मनपरी लेखेका थिए । सञ्जय सिंहले एक पत्रकारलाई प्रतिक्रिया दिँदै ‘हरामखोर लडकी’ र ‘तुम्हारी बाप ले आयो’ भन्दै गाली गरेका थिए ।

विवादले महाराष्ट्र राजनीतिमा निक्कै ठूलो तरङ्ग ल्याएको छ । सेक्युलुर लिवरलहरुले भने यो विवादलाई शिवसेना र भाजपाबीचको नाटक भन्ने गरेका छन् ।

कंगनाले आफ्ना प्रत्येकजसो ट्वीटको अन्त्यमा ‘जय हिन्द, जय महाराष्ट्र, जय लक्ष्मीबाई, जय शिवजी महाराज, जय श्रीराम’ आदि लेख्ने गरेकी छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay