scheduleमगलवार आश्विन १३ गते, २०७७

स्वस्थ जीवनका लागि सधैं गहुँत पिउँछन् अक्षय कुमार

काठमाडौं, २६ भदौ । स्वस्थ जीवनका लागि आफूले सधैं गहुँत पिउने गरेको बलिउड अभिनेता अक्षय कुमारले खुलासा गरेका छन् ।

‘इन टु द वाइल्ड’ को आफ्नो विशेष एपिसोडको विषयमा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्ससँग एक इन्स्टाग्राम लाइभ सेसनमा सहभागिता जनाउँदै अक्षयले उक्त कुराको खुलासा गरेका हुन् ।

उनले गहुँत सेवनलाई जीवनशैली बनाउनुको पछाडि आयुर्वेदिक कारणलाई श्रेय दिए । उनले भने,  ‘आयुर्वेदिक कारणले म दैनिक गहुँत पिउँछु त्यसैले यो मेरो लागि रत्तिभर पनि कठिन थिएन । ’

हात्तीको गोबरबाट बनेको पेय पर्दाथ पिउनेजस्तो चुनौतीपूर्ण काम कसरी गर्न सक्नुभयो भन्ने प्रश्नको जवाफमा उनले यस्तो जवाफ दिएका हुन् ।

 

View this post on Instagram

 

@beargrylls @iamhumaq @discoveryplusindia @discoverychannelin

A post shared by Akshay Kumar (@akshaykumar) on

‘मेरो कार्यक्रममा आउने थुप्रै पाहुनाले यस्तो गर्न सक्दैनन् । जब मानिसहरु चर्चित हुन्छन् तब उनी आफ्नो कम्फर्ट जोनबाट बाहिरको काम गर्न बन्द गर्छन् किनभने उनीहरु कमजोर देखिन डराउँछन् तर अक्षय कुनै पनि कुराका लागि तयार थिए,’ कार्यक्रम प्रस्तोता बेयरले भनिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय