scheduleमगलवार आश्विन १३ गते, २०७७

यस्ता छन् टुथपेस्ट प्रयोगका फाइदाहरु

तपाईंको घरमा सिसाको टेबल छ भने त्यसमा चिया तथा कफिका दागहरु टाँसिएर रहेको छ भने त्यसलाई टुथपेष्टले सफा गर्नाले टेबल सफा र चमक देखिन्छ ।

यसको प्रयोगले मुहारको सुन्दरता बढाउनमा पनि मद्दत गर्छ । टुथपेष्टलाई कागतिको रसमा मिलाएर पेष्ट बनाएर लगाउनाले त्वचामा चमक आउनुका साथै डार्क स्र्कल्स मेटाउनमा मद्दत गर्छ ।

गरगहना सफा गर्नमा पनि यसलाई उत्तिकै प्रयोग सकिन्छ । टुथपेष्टले फोहर तथा मैला भएका गरगहना धुने गर्नाले सफा हुन्छ ।

बच्चाका दूध राख्ने बोतल होस् या पानीका बोतल, यसलाई पनि टुथपेष्ट र पानी राखेर सफा गर्नाले बोतलहरु सफा हुन्छ । र बोतलमा भएका दुर्गन्ध हटाउन मद्दत गर्छ ।

हात तथा खुट्टाका नङ चम्काउन तथा सफा गर्न मद्दत गर्छ ।

बाथरुममा भएको ऐना तथा सिसा सफा गर्न पनि सकिन्छ । यसले सिसामा लागेका पानीका तथा साबुन, स्याम्पुका दागहरु हटाउन मद्दत गर्छ र सिसालाई चम्किलो बनाउँछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय