scheduleमगलवार आश्विन १३ गते, २०७७

महिलालाई पुरुषका यी चीजले बढी आकर्षित गर्छ ?

एजेन्सी । युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एउटा अध्ययनले देखाएअनुसार पुरुषका आँखाले महिलालाई सबैभन्दा छिटो र सबैभन्दा धेरै आकर्षित गर्छन् ।

महिलाले पुरुषको व्यक्तित्व भन्दा पनि पहिला बाहिरी रुप हेर्ने भएकाले पनि पहिलो प्रभाव राम्रो पार्न पुरुषहरुले यस्ता कुरामा ख्याल गर्नुपर्छ । विशेषगरी यस्ता अङ्गहरुप्रति महिला बढी आकर्षित हुन्छन् ।

आँखा
पुरुषहरुको आँखाले महिलालाई सबैभन्दा बढी र सबैभन्दा छिटो आकर्षित गर्छ । थाकेको, रातो, निद्रा नपुगेको जस्तो र डार्क सर्कल भएको आँखा भने महिलाहरुले मन पराउँदैनन् ।

ओठ
सफा गुलाबी ओठको हाँसोले सबै महिलालाई आकर्षित गराउँछ । त्यसमाथि चम्किलो सेतो दाँत झनै राम्रो देखिन्छ । कालो सुख्खा ओठ र पहेँलो दाँतले भने महिलाहरुमा नराम्रो प्रभाव पर्न जान्छ ।

कपाल
पुरुषको कालो , चम्किलो र राम्रो हेयर स्टाइलले सबै महिलालाई फिदा बनाइदिन्छ । तर, कपाल फोहोर, फुलेको र लठ्ठा परेको छ भने महिलाहरु त्यस्ता पुरुषबाट टाढै रहन चाहन्छन् ।

दाह्री जुङ्गा
दाह्री र जुङ्गाले पुरुषत्वलाई झल्काउने हुनाले महिलाहरुलाई पनि सुहाउँदो दाह्री जुङ्गा पालेको पुरुष मन पर्छ । तर, दाह्री जुङ्गा हेर्दामै अस्वस्थ र फुलेको जस्तो देखिएमा चाहिँ खराब प्रभाव पर्न जान्छ ।

छाती र काँध
चौडा छाती भएको, अग्लो कद अनि मस्कुलर र बलियो र सुहाउँदो ज्यानले महिलाहरुलाई झनै छिटो आकर्षित गर्छ । धेरै दुब्लो वा धेरै मोटो र झुकेको काँधलाई चाहिँ धेरै महिलाले मन पराउँदैनन् ।

छाला
पुरुषको सफा र स्वस्थ छालालाई महिलाहरु अत्यन्तै आकर्षक मान्छन् । राम्रो छालाले अनुहार नै सुन्दर बनाइदिने हुनाले पनि महिलाहरुले त्यस्ता पुरुषलाई मन पराउँछन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय